आफ्नो आकर्षक फेसनको मदतमा उनले सबैको ध्यान तान्न सफल भइन् । अर्कोतर्फ लोकप्रिय फ्रान्सेली खेलाडी गेल मोन्फिल्सले पहिलो चरणमै मेलबर्न पार्कबाट बिदाइ लिएका छन् । उनले आफ्नो अहिलेसम्मको यात्रालाई अविश्वसनीय भनेका छन् ।
मेलबर्न — दोस्रो वरीयताका इटालियन खेलाडी यानिक सिनरले मंगलबार तेस्रोपल्ट अस्ट्रेलियन ओपन टेनिस जित्ने अभियान सुरु गरेका छन् । यसक्रममा उनी सजिलै दोस्रो चरण पुगेका छन् ।
दिनको खेलमा सबैको ध्यान खिच्न भने जापानी स्टार नाओमी ओसाका सफल रहिन् । आफ्नो आकर्षक फेसनको मदतमा उनले सबैको ध्यान तान्न सफल भइन् । अर्कोतर्फ लोकप्रिय फ्रान्सेली खेलाडी गेल मोन्फिल्सले पहिलो चरणमै मेलबर्न पार्कबाट बिदाइ लिएका छन् । उनले आफ्नो अहिलेसम्मको यात्रालाई अविश्वसनीय भनेका छन् ।
इटालीका सिनर फ्रान्सेली प्रतिद्वन्द्वी ह्युगो गास्टनविरुद्ध ६–२, ६–१ ले अगाडि रहेको बेला खेल रोकिएको थियो । गास्टनले पेटको चोटका कारण खेल अगाडि बढाउन सकेनन् । खेलपछि दुईपल्टको विजेता सिनरले आफूले यस्तो जित अपेक्षा नगरेको बताए । उनले भने, ‘मैले सुरुमा ठूलो चुनौती अपेक्षा गरेको थिएँ र यस खेलमा आक्रामक भएर प्रस्तुत पनि भएको थिएँ ।’
उनले यसपल्ट लगातार तेस्रोपल्ट मेलबर्नमा उपाधि जित्ने हो भने आधुनिक टेनिसको इतिहासमा सर्बियाली नोभाक जोकोभिचको उपलब्धिको बराबरी गर्नेछन् । अर्कोतर्फ मोन्फिल्सले भने हारपछि बिदा लिए । उनी अस्ट्रेलियाका डेन स्वानीको हातबाट ६–७, ७–५, ६–४, ७–५ ले पराजित भए । यो खेल झन्डै चार घण्टा चलेको थियो । उनी ३९ वर्षका भइसकेका छन् । यो वर्षको अन्त्यसँगै उनले आफ्नो खेल जीवनबाट संन्यास लिइरहेका छन् ।
मोन्फिल्सले दर्शकलाई सम्बोधन गर्दै भने, ‘अहिलेसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद । खेल्न सुरु गरेपछि एक दिन न एक दिन बिदा लिनुपर्ने हुन्छ ।’ उनले आफ्नो खेलजीवनमा कुल १३ एटीपी उपाधि जितेका छन् । सन् २००४ देखि खेल्न सुरु गरेका मोन्फिल्सले दुई महिनाअगाडि मात्रै आफ्नो सन्यास योजना सुनाएका थिए ।
दिनका अन्य खेलमा इटालीका पाँचौं वरीयताका लोरेन्जो मुसेटी पनि दोस्रो चरण पुगे । बेल्जियमका राफे कोलिटनले चोट कारण खेल परित्याग गरेपछि लोरेन्जो अगाडि बढेका हुन् । आठौं वरीयता तथा गत वर्ष सेमिफाइनल खेलेका अमेरिकी बेन सेल्टनले फ्रान्सको युगो हम्बर्टलाई ६–३, ७–६, ७–६ ले पराजित गरे । यस्तै उदीयमान ब्राजिलका १९ वर्षीय खेलाडी जाओ फोनेस्का अमेरिकी इलिट स्पिजिरीसँग ६–४, ७–६, ७–६ ले हारे ।
महिलातर्फ पूर्व नम्बर एक खेलाडी ओसाका दिनको अन्तिम खेलमा सेतो आकर्षक लुगा लगाएर रड लेभर एरिनामा प्रवेश गरेकी थिइन् । जापानकी २८ वर्षीया ओसाका कोर्टभित्र र बाहिर आफ्नो फेसन शैलीका कारण चर्चित रहने गरेकी छन् । सेतो छातासहित सेतै टोपी लगाएर उनी कोर्टमा प्रवेश गरेपछि दर्शक आश्चर्यचकित भएका थिए ।
दुईपल्टकी च्याम्पियन ओसाकाले क्रोएसियाकी एन्टोनिया रुजिचलाई ६–३, ३–६, ६–४ ले हराइन् । अर्कोतफर्m अमेरिकी म्याडिसन केयले युत्रेनकी ओलेक्सान्डर ओलियाकोभालाई ७–६ (८/६), ६–१ ले पन्छाइन् । सुरुआती चार गेम गुमाएर पनि उनी विजयी रहिन् । विना वरीयताकी इन्डोनेसियाकी जेनाइस जेनले भने क्यानडाकी २२ औं वरीयताकी लेयला फर्नान्डेजमाथि ६–२, ७–६ (७/१) को जित दर्ता गरिन् ।
चिनियाँ स्टार झाङ शुआई, अमेरिकी सलोनी स्टेफेन्सलगायतका खेलाडी पहिलो चरणमै पराजित भए भने पाँचौं वरीयताकी काजकिस्तानकी एलिना रेब्किना, १० औं वरीयताकी युक्रेनकी बेलिन्दा बेन्सिक, लात्भियाकी २४औं वरीयताप्राप्त जेलेना ओस्टापेन्को, रुसी अन्ना कालिनस्कायाले मेलबर्नमा पहिलो चरणको खेल जितेका छन् ।
