एन्फाको ‘अर्ली इलेक्सन’ रोक्न थापाको सुझाव

उच्च अदालत पाटनले सबैखाले चुनावी प्रक्रिया रोक्ने आदेश दिएको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Thapa suggests stopping ANFA's 'early election'

काठमाडौँ — पूर्वअध्यक्ष गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावित ‘अर्ली इलेक्सन’ अहिलेका लागि रोक्दै प्रक्रिया पूरा गरेर अगाडि बढाउन सल्लाह दिएका छन् ।

एन्फाको कार्यसमितिले माघ २८ मा चुनाव गर्ने निर्देशन गरेको छ । त्यसको प्रक्रियासमेत सुरु गरिसकेको छ । तर उच्च अदालत पाटनले सबैखाले चुनावी प्रक्रिया रोक्ने आदेश दिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले पनि एन्फालाई सिधै केन्द्रको चुनाव नगरेर जिल्लाबाट यसको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । सोमबार पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष थापाले भने, ‘अदालतले चुनाव नगर्नु भनेको छैन । सरकारले पनि चुनाव नगर्नु भनेको होइन । मुद्दा हाल्नेहरूले पनि चुनाव गर्नु हुँदैन भनेका छैनन् । सबैले जबरजस्ती गर्न खोजिएको यो निवार्चनको प्रक्रिया पुगेको छैन मात्र भनेको हो । पहिला जिल्लाको चुनाव गर, त्यसपछि मात्र केन्द्रको निर्वाचन गर भनेको हो ।’

निर्वाचन रोकिएमा त्यो नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप हुने र यसैक्रममा फिफा र एएफसीले नेपाली फुटबललाई प्रतिबन्ध लगाउने एन्फा पक्षको दाबी सबै हल्ला भएको थापाको जिकिर थियो ।

उनले भने, ‘विगतमा दुई पटक फुटबलको विषयमा अदालतले आदेश दिएको थियो । तर नेपाली फुटबल कहिले पनि प्रतिबन्धमा परेन । अदालतले निर्णय गर्नेबित्तिकै फिफाले प्रतिबन्ध लगाउँछ भन्ने कुरा पनि सही होइन ।’

कान्तिपुर

Link copied successfully