पदकधारी सरिनालाई घले समाजको सम्मान

गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष विष्णुबहादुर घलेले सरिनालाई ल्होछार पर्वको उपलक्ष्यमा युकेमै ४ सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Medalist Sarina receives respect from society

काठमाडौँ — अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।

गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष विष्णुबहादुर घलेले सरिनालाई ल्होछार पर्वको उपलक्ष्यमा युकेमै ४ सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सन्जितकुमार राईका अनुसार सरिनाले युकेमा भएको दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप  र डब्लूएमएसी इंग्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।

यसअघि सरिनालाई तमुधिं समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको छ । नुवाकोट किस्पाङ गाउँपालिका–१ की तेस्रो डान सरिना युकैमै अध्ययनरत छन् ।

कान्तिपुर

Link copied successfully