बागमती प्रदेशस्तरीय भलिबल हुने

ललितपुर महाँकाल गाउँपालिकाको सहयोग तथा महाँकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Bagmati Province Level Volleyball Tournament to be held

काठमाडौँ — बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाँकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने भएको छ ।

ललितपुर महाँकाल गाउँपालिकाको सहयोग तथा महाँकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल महाँकाल वडा ४ को बाघभैरव प्राविधिक माविको मैदानमा हुनेछ ।

विजेताले एक लाख ५० हजार ५५, उपविजेताले ७५ हजार ५५५ र तेस्रो हुनेले ३५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० खेलाडी रहनेछन् ।

त्यसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउनेछन् । महाँकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट माघ १६ देखि १८ सम्म हुनेछ ।

कान्तिपुर

Link copied successfully