एक महिनाअघि ब्रेनस्ट्रोक भएर अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत मञ्जु तुलाधर श्रेष्ठको सोमबार बिहान ११ बजे निधन भएको हो ।
काठमाडौँ — दक्षिण एसियाली खेलकुद(साग) की रजत पदक विजेता खेलाडी मञ्जु तुलाधर श्रेष्ठको सोमबार निधन भएको छ ।
एक महिनाअघि ब्रेनस्ट्रोक भएर अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उनको सोमबार बिहान ११ बजे निधन भएको हो । केही दिनयता उनको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारजनले जनाएको छ ।
मञ्जु तेक्वान्दोकी राष्ट्रिय खेलाडी हुन् । उनले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा रजत जितेकी थिइन् । दशरथ रंगशाला नजिककै जन्मे हुर्केकी मञ्जु तत्कालीन राष्ट्रिय च्याम्पियन पनि हुन् ।
७ महिनाअघि श्रीमान् क्षितिजअरुण श्रेष्ठलाई गुमाएकी मञ्जु पति वियोगमा थिइन् । नेपाल ओलम्पिक संग्रहालयका संस्थापक अध्यक्ष श्रेष्ठको गत असार ८ गते निधन भएको थियो । मञ्जु पनि संग्रहालयकी संस्थापक कोषाध्यक्ष थिइन् ।
