सेनेगलले प्रतियोगिताको पछिल्ला तीन संस्करणमा उपाधि जितेको यो दोस्रो पल्ट हो । यसअघि उसले सन् २०२२ मा इजिप्टलाई पेनाल्टीमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो ।
काठमाडौँ — पापे गुएले अतिरिक्त समयमा गरेको गोलको मदतले सेनेगलले आयोजक मोरेक्कोलाई १–० ले स्तब्ध पार्दै आइतबार अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । निर्धारित समयको खेल बराबरीमा टुंगेपछि गुएले ९४ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
ब्राहिम डियाजले मोरक्कोका लागि अतिरिक्त समयको २४ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार सेनेगेली गोलरक्षक एडोर्ड मेन्डीले सजिलै बचाए ।
त्यस अगाडि पेनाल्टीको निर्णयको विरोधमा सेनेगेली खेलाडीले केही समयका लागि खेल छाडेका थिए । कप्तान साडियो मानेको अनुरोधपछि मात्र उनका खेलाडी मैदानमा उत्रेका थिए ।
सेनेगलले प्रतियोगिताको पछिल्ला तीन संस्करणमा उपाधि जितेको यो दोस्रो पल्ट हो । यसअघि उसले सन् २०२२ मा इजिप्टलाई पेनाल्टीमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो ।