राहुलले जिते डीएन्डडी एमेच्योर गल्फ

राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४ अन्डर ६६ को उत्कृष्ट कार्डसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर गरे ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Rahul wins D&D Amateur Golf

धरान — गल्फर राहुल विश्वकर्माले डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४ अन्डर ६६ को उत्कृष्ट कार्डसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर गरे ।

राहुलले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको पछाडि पार्दै उपाधि जिते । राहुलले ५० हजार रुपैयाँ पुरस्कार जिते । नेपाली एमेच्योर गल्फरले कुनै पनि प्रतियोगितामा नगद पुरस्कार पाएको यो पहिलो पटक हो ।

प्रकृत र सुन्दरले समग्रमा ७ ओभर १ सय ४७ को नतिजा निकाले । काउन्टब्याकमा प्रकृत दोस्रो भए । प्रकृतले सोमबार ३ अन्डर ६७ को स्कोर बनाए । उनले ३० हजार पाए । तेस्रो भएका सुन्दरले ४ ओभर ७४ को गरे । उनले २४ हजार पाए ।

राम तामाङले सोमबार ३ ओभर ७३ खेलेर कुल ८ ओभर १४८ सहित चौथो स्थान हासिल गरे । उनले २० हजार पाए । राजेश राईले ४ ओभर ७४ खेलेर १४९ स्कोरसहित पाँचौं स्थानमा रहे । उनले १६ हजार पुरस्कार पाए ।

सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५) ले समान १ सय ५१ स्कोर गरे । काउन्ट ब्याकमा सुमन छैटौं,  गजेन्द्र सातौं र पदम आठौं भए । उनीहरूले क्रमश १४ हजार, १३ हजार र १२ हजार पाए ।

दीपेन्द्र राई (७४) र देउकुमार राई (७६) ले समान १२ ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्टब्याकमा नवौ र दसौं भए । उनीहरूले क्रमशः ११ हजार र १० हजार प्राप्त गरे ।

बेलायतमा रहेका धरानका गल्फर देउकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा ३८ खेलाडीले भाग लिएका थिए । एमेच्योर गल्फमा नगद पुरस्कार राखिएको यो प्रतियोगिता पहिलो हो । कुल पुरस्कार २ लाख रहेको थियो ।  

कान्तिपुर

Link copied successfully