इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण र तीन रजत पदक जितेका छन् ।
काठमाडौँ — भारतको सोनिपतमा भएको इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण र तीन रजत पदक जितेका छन् ।
टिमका लिडर तथा खेलाडी ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जनाएअनुसार जनवरी १६ देखि १८ सम्म भएको प्रतियोगितामा मास्टर्स ४ विधातर्फ विकास प्रधानले १ स्वर्ण र २ रजत तथा ७५ केजी सिनियरतर्फ रोजिन नकर्मीले रजत पदक जितेका छन् । ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ विधामा स्वर्ण जितेका थिए । ज्ञानेन्द्र र रोजिन बाबुछोरा हुन् ।
भारत पावरलिफ्टिङ संघको निमन्त्रणामा ज्ञानेन्द्रको नेतृत्वमा ५ सदस्यीय नेपाली टोलीले भाग लिएको थियो ।
