कोशी प्राइड लिग: अक्सनबाट ८४ खेलाडी अनुबन्धित

ईटहरीमा शनिबार मध्यरातिसम्म चलेको अक्सनबाट विराटनगरको पूर्वेलीले विभिन्न १२ खेलाडीका लागि ४ लाख १८ हजार रकम खर्चेको हो।

माघ ४, २०८२

अर्जुन सुवेदी

Koshi Pride League: 84 players signed from auction

What you should know

सुनसरी — तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) को अक्सनमा पूर्वेली सुपरकिंग्सले खेलाडी अनुबन्धनको लागि सर्वाधिक रकम खर्च गरेको छ ।

विभिन्न सात फ्रेन्चाइज टिमले फागुन ९ देखि २१ गतेसम्म सुनसरीको भोक्राहनरसिंहस्थित डा खालिल अजाद खेल मैदानमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गर्दा पूर्वेलीले सर्वाधिक रकम खर्च गरेको हो । 

ईटहरीमा शनिबार मध्यरातिसम्म चलेको अक्सनबाट विराटनगरको पूर्वेलीले विभिन्न १२ खेलाडीका लागि ४ लाख १८ हजार रकम खर्चेको हो। काठमाडौंको गोर्खा एभेञ्जर्सले ४ लाख रुपैयाँ खर्च गरेको छ। विर्तामोड हिड्सले ३ लाख ६८ हजार खर्च गर्दा ईटहरी आदर्श जाइन्ट्सले ३ लाख ६४ हजार, काठमाडौंको एभरेष्ट थन्डर्सले ३ लाख ४० हजार, ईटहरीको नमुना ब्लास्टर्डले ३ लाख २० हजार र सबैभन्दा कम भोक्राहनरसिंह कोशी अर्नाजले २ लाख ५० हजार खर्च गरेका छन् । 

अक्सनमा हरेक टिमले ड्राफबाट एक मार्की र एक आइकोनिक गरी ३ देखि ६ जना खेलाडी अनुबन्ध गरेका छन् । अक्सनमा २ सय ३२ खेलाडी समावेश भएकोमा ८४ जना बिक्री भएका छन् । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका थिए । 

अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो । ड्राफबाट खेलाडी भित्र्याउँदा टिमले आवश्यकता अनुसार रकम खर्च गर्न पाउने सुविधा रहेको छ ।  

आकाश खड्का मालिक रहेको एभरेष्ट थन्डर्सले अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, शिभम तिवारी र रविन्द्र मण्डललाई अनुबन्ध गरेको छ । 

एभरेष्टले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफबाट ल्याएको छ । नमुना कलेजका प्राचार्य धर्म न्यौपाने मालिक रहेको साबिक विजेता नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कट्वाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ । 

नमुनाले अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मन्डल, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतिक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेश कुमार यादवलाई अनुबन्धन गरेको छ । प्रशिक्षकमा प्रदिपराज पाण्डे रहेका छन् ।

कल्पित ढकाल मालिक रहेको विश्वआदर्श कलेजको टिम ईटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भुपाल लुइटेल, विनोद भण्डारी, दिपेश कँडेल र रुपेश सिंहलाई ड्राफबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युनिस विक्रम सिंह ठकुरी, सुनिल धमला, नरबहादुर सार्की, समिर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय र समिर तिमल्सिना भित्र्याएको छ । कुशलले अघिल्लो संस्करणमा नमुनाबाट खेलेका थिए भने विनोद दुहबी ब्यापिटल्सबाट खेलेका थिए । 

अनुराग प्रमानिक मालिक रहेको विर्तामोड हिट्सले राष्ट्रिय टिमका गुल्सन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भीम सार्की र अर्जुन साउँदलाई ड्राफबाट अनुबन्ध गरेको छ । गुल्सनले अघिल्लो संस्करणमा ईटहरी आदर्श जाइन्ट्सबाट खेलेका थिए । विर्तामोडले सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रविन्द्र जंगशाही, विवेक केसी, विशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रुपक बराल र रोशन साउँदलाई अक्सनबाट अनुबन्ध गरेको छ । 

संजोक राणा मालिक रहेको पुर्वेली सुपर किंग्सले ड्राफबाट ललित राजवंशीलाई निरन्तरता दिँदा मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गरेको छ । अक्सनबाट नरेन साउँद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पासवन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा भित्र्याएको छ ।

मोहम्मद सेराज अन्सारी मालिक रहेको भोक्राहनरसिंह कोसी अर्नाजले फिर्दोस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफबाट ल्याउँदा शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्रबहादुर चन्द, जोसक खड््का, कमललुद्धिन मियाँ, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ । यो टिमको प्रशिक्षकमा राजकुमार प्रधान रहेका छन् । 

गोर्खा एभेन्जर्सले शाहब आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान र देव खनाललाई  ड्राफबाट तान्दा अक्सनबाट दिपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीप बहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक स्रिवास्तव अनुबन्धनमा परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृती दिएको प्रतियोगितालाई कोशी प्रदेश र सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । 

अर्जुन

Link copied successfully