त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार महिला ५० केजीमुनि तौलको सेमिफाइनलमा अनिशाले केडब्लूडब्लूकी सुप्रिया गुरुङ र विन्दुले एपीएफकी निशा सुनुवारलाई पराजित गरे ।
काठमाडौँ — एपीएफकी अनिशा तामाङ र आर्मीकी विन्दु चौधरी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार महिला ५० केजीमुनि तौलको सेमिफाइनलमा अनिशाले केडब्लूडब्लूकी सुप्रिया गुरुङ र विन्दुले एपीएफकी निशा सुनुवारलाई पराजित गरे ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५५ केजीमाथि सेमिफाइनलमा एपीएफकी सुमित्रा नगरकोटीले केडब्लूडब्लूकी रसिला श्रेष्ठ र आर्मीकी सपना ऐडीले आर्मीकै अप्सरा कुमाललाई हराएर फाइनल भिडन्त पक्का गरे ।
पुरुष खुला तौल समूहमा सनी सुनुवारले आईएफकेकेका कृष्ण मण्डल, भूपेन्द्र ओलीले केडब्लूडब्लूका सुकुराम तामाङ, विष्णु थापा मगरले आर्मीका रवीन्द्र लोहार र प्रवीण माझीले एपीएफका भूपेन्द्र विश्वकर्मालाई हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । चारै खेलाडी आर्मीका हुन् ।
प्रतियोगिताको आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरे ।
प्रतियोगिताको पुरुषमा १ र महिलामा २ गरी ३ स्पर्धामा करिब १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्य गोपीचन्द्र शर्माले जनाएका छन् ।
