समितिले रवीन्द्रलाई ६७.१७, दीपकलाई ६०.६३ र प्रमोदलाई ५२.३७ अंक प्रदान गरेको छ ।
वीरेन्द्रनगर — कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सदस्य–सचिव छनोट समितिले शनिबार लिएको अन्तर्वार्तामा वीरेन्द्रनगर– ७ सुर्खेतका रवीन्द्र चन्द, भेरीगंगा नगरपालिका–४ सुर्खेतका दीपक हमाल र वीरेन्द्रनगर–५ का प्रमोद हमालको नाम सिफारिस गरिएको हो ।
समितिले रवीन्द्रलाई ६७.१७, दीपकलाई ६०.६३ र प्रमोदलाई ५२.३७ अंक प्रदान गरेको छ ।
१० जनाले दिएको आवेदनमा तीन जनालाई कर्णाली विकास खेलकुद परिषद्को सदस्य–सचिव छनोटसम्बन्धी मापदण्ड २०८२ को दफा ७ बमोजिमको योग्यताक्रम कायम भएकाले सामाजिक विकास मन्त्रालयमा सिफारिस गरिएको समितिले जनाएको छ ।
मन्त्रालयका सचिव धोलकराज ढकाल संयोजक भएको छनोट समितिमा जहारलाल हमाल सदस्य–सचिव, नन्दा बस्याल र गणेशबहादुर कार्की सदस्य थिए । समितिले पठाएको नाम मन्त्रिपरिषद् बैठकमा जानेछ । मन्त्रिपरिषद् बैठकले एक जनालाई सदस्य–सचिवमा नियुक्त गर्नेछ ।
