तीनपोखरी कप फुटबल उपाधि सेकाहालाई

रोमाञ्चक फाइनल खेलमा सेकाहाले मकालु फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

माघ १, २०८२

दीपेन्द्र शाक्य

Sekaha wins Tinpokhari Cup football title

संखुवासभा — खाँदबारी रंगशालामा बिहीबार सम्पन्न तेस्रो तीनपोखरी कप फुटबल प्रतियोगिताको उपाधि सेकाहा सामुदायिक विकास क्लबले जितेको छ।

रोमाञ्चक र घम्साघम्सी फाइनल खेलमा सेकाहाले मकालु फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिहात पारेको हो।

खेलकोसुरुआतसँगै मकालु फ्रेन्डसले आक्रामक खेल प्रदर्शन गर्दै ७औँ मिनेटमै जीवनमास्के मगरको गोलमार्फत अग्रता लिएको थियो। तर त्यो अग्रता लामो समय टिक्नसकेन। खेलको ८औँ मिनेटमा मकालुका डिफेन्डर रोशन आचार्यले डी–एरियामा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।

बराबरीपछिदुवै टोलीले जितका लागि निरन्तर आक्रमण गरे। प्रतिस्पर्धात्मक खेलको २५औँ मिनेटमा सेकाहाका अनिष आर्डीले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलमा मकालुले बराबरीको प्रयास गरे पनि सेकाहाको रक्षापंक्ति दर्हाे रहँदा स्कोर परिवर्तन हुन सकेन। उत्कृष्ट प्रदर्शन गरेका सेकाहाका कृष्ण राई ‘उत्कृष्ट खेलाडी’ घोषित भए।

प्रतियोगितामाआयोजक संखुवासभासहित पूर्वी नेपालका आठ टोलीको सहभागिता रहेको थियो। उपाधिसँगै विजेता सेकाहा सामुदायिक विकास क्लबले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता बनेको मकालु फ्रेन्डस क्लबले १ लाख २१ हजार रुपैयाँमा चित्त बुझायो।

खाँदबारीरंगशालामा दर्शकको उल्लेख्य उपस्थितिमा सम्पन्न फाइनल खेलले तीनपोखरी कपलाई थप प्रतिष्ठित बनाएको आयोजक तीनपाेखरी क्लबले जनाएको छ।

दीपेन्द्र

Link copied successfully