सन्तोषले नवौं राष्ट्रिय खेलकुदको टिम कुमुते तथा प्रथम एनएआरएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
काठमाडौँ — किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै प्रशिक्षकको रूपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका सन्तोषलाई किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कारसहित २० हजार रुपैयाँबाट सम्मान गरिएको हो ।
सन्तोषले नवौं राष्ट्रिय खेलकुदको टिम कुमुते तथा प्रथम एनएआरएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । उनले अमेरिकामा भएको हिराल्डो अन्तर्राष्ट्रिय कराते र युकेमा भएकोमा ईकेएफ ईआई कराते सिरिजमा रजत पदक जितेका छन् ।
सन्तोषलाई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले सम्मान गरे ।
सोही अवसरमा धरानका मेयर हर्क साम्पाङलाई हाङ यलम्बर स्मृति सम्मानबाट २ लाख २५ हजारसहित सम्मान गरिएको थियो ।
