बिहीबार यू–१६ ब्वाइज सिंगल्समा आरभसम्राट हाडा, रनिश श्रेष्ठ, सुजन कुइँकेल, प्रारथ्या रिजाल, सुरेन्द्र बिक, सन्दीप विक र विश्वविशेष डल्लाकोटीले सफलता हात पारे ।
काठमाडौँ — फ्ल्यास टेनिस एकेडेमीको आयोजनामा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बिहीबारदेखि बूढानीलकण्ठमा सुरु भएको छ ।
बिहीबार यू–१६ ब्वाइज सिंगल्समा आरभसम्राट हाडा, रनिश श्रेष्ठ, सुजन कुइँकेल, प्रारथ्या रिजाल, सुरेन्द्र बिक, सन्दीप विक र विश्वविशेष डल्लाकोटीले सफलता हात पारे ।
यू–१२ ब्वाइज सिंगल्समा शुभम् श्रेष्ठ, भिरल अग्रवाल, आहान भट्टराई, आयान पन्त र एस्टन श्रेष्ठले जित हात पारे । गर्ल्समा सारा पन्त, थिअ श्रेष्ठ, अमइरा गुप्ता, नाइरा घले, आर्या पौडेल, निम्ति कुँवर, कुन्सेल तामाङ र तभिसी राणा विजयी भए ।
यू–९ ब्वाइज सिंगल्समा सुविज्ञराज बुढाथोकी, विविध भट्टचन, भन्सिल अग्रवाल र रिदन श्रेष्ठ विजयी भई अघिल्लो चरणमा प्रवेश गरे । गर्ल्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, भाणी राजभण्डारी र अनाया श्रेष्ठले सफलता पाए ।
नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले उद्घाटन गरेको प्रतियोगितामा विभिन्न १५ स्पर्धामा १ सय ४७ खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीका सञ्चालक श्रवण कार्कीले जनाए ।
