पहिलो खेलमा टेढा टाइगरले जेनजी नेपाललाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सखुवा प्रसौनी टाइगरले अल्फा एभेन्जर्सलाई ५० रनले स्तब्ध पार्यो ।
पर्सा — वीरगन्जको हरपतगन्जमा संचालित गढीमाई प्रिमियर लिग टी/ २० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा टेढा टाइगर र सखुवा प्रसौनी टाइगर विजयी भएका छन् ।
पहिलो खेलमा टेढा टाइगरले जेनजी नेपाललाई पाँच विकेटले पराजित गरेको छ । निर्धारित १६ ओभरको खेलमा टेढा टाइगरले टस जिती जेनजी नेपाललाई व्याटिङको निम्तो दिएको थियो । १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रन बनायो । उसका विकास पटेलले सर्वाधिक ३६ र श्रीलाल बैठाले २७ रनको योगदान गरे । टेढा टाइगरका बलरहरु सागर साहले चार, अलिराज, लोकेश पटेलले दुई/दुई विकेट हात पारे ।
जवाफी व्याटिङ गरेको टेढा टाइगरले १५ ओभर २ बलमा पाँच विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो । उसका लागि अलिराजले अविजित ४२ र अफसर हसनले २९ रनको योगदान गरे ।
जेनजी नेपालका बलहरू असर्फी साह र सेराज हवारीले २/२ विकेट हात पारे । टेढा टाइगरका सागर साह ‘म्यान अफ द म्याच’ भए ।
दोस्रो खेलमा सखुवा प्रसौनी टाइगरले अल्फा एभेन्जर्सलाई ५० रनले पराजित गर्यो । अल्फा एभेन्जर्सले टस जितेर सखुवा प्रसौनी टाइगरलाई व्याटिङ गर्न लगाएको थियो । १६ ओभरमा १ सय २८ रनमा टिम समेटियो ।
जवाफी ब्याटिङमा आएको अल्फा एभेन्जर्स १४ ओभरमा ७८ रन जोड्दा अलआउट हुन पुग्यो ।
