आयोजक केएमसीसहित चाँदबाग र चेल्सी विजयी

घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ स्कोरले पराजित गर्‍यो । केएमसीकी आकृषा घिमिरेले १२ स्कोर जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले हरायो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Hosts KMC, Chandbagh and Chelsea win

काठमाडौँ — आयोजक केएमसी, द चाँदबाग र चेल्सी वर्ल्ड स्कुल बुधबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेका छन् ।

घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ स्कोरले पराजित गर्‍यो । केएमसीकी आकृषा घिमिरेले १२ स्कोर जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले हरायो । विजेताकी अमौलिका खड्काले १५ स्कोर गरिन् ।

डिफेन्डिङ च्याम्पियन रिब्स भने चेल्ससँग २८–२४ ले पराजित भयो  । सेमिफाइनलमा चेल्सीको भेट केएमसीसँग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्नेछ ।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजको क्वाटरफाइनलमा बालदीक्षा सदन र सेवा सदन, मार्वलस र आयोजक केएमसी ‘बी’, भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिक तथा गोल्डेनपिक र माइलस्टोनबीच प्रतिस्पर्धा हुनेछ ।

जुनियर ब्वाइजको क्वाटरफाइनलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावर, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेन, ग्रिन लन्सले हिमाली र ग्रिनफिल्डले सनसाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सिनियर/जुनियर ब्वाइजको क्वाटरफाइनल बिहीबार हुनेछ ।

Hosts KMC, Chandbagh and Chelsea win

कान्तिपुर संवाददाता

Link copied successfully