फ्रेन्ड्सको सहज विजयी सुरुआत

प्रतियोगिताको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गरेको हो।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Friends' easy winning start

काठमाडौँ — फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगमा बुधबार सहज विजयी सुरुआत लिएको छ। प्रतियोगिताको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गरेको हो।

काँक्रेविहारले छैटौं मिनेटमा कमल श्रेष्ठको आत्मघाती गोलको मद्दतले अप्रत्याशित अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न भने सकेन। फ्रेन्ड्सले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा प्रशान्त लक्समको गोलमा खेलमा फर्किएको हो।

त्यसपछि प्रवेश बस्नेतले ५९ औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई पहिलोपल्ट अग्रता दिलाए। आशिष चापागाईँले ९० औँ मिनेटमा तेस्रो तथा अन्तिम गोल गर्दै आफ्नो टिमको जित निश्चित गरे। यस खेलसँगै कुल १७ टिमको सहभागिता रहेको राष्ट्रिय लिग सुरु भएको छ।

कान्तिपुर

Link copied successfully