नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका माविलाई

प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका सामुदायिक तथा निजी गरी ४२ विद्यालयबाट १ हजार ५ सय ८८ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

पुस २९, २०८२

घनश्याम गौतम

Kalika Secondary School wins the seventh municipal-level President's Running Shield title

बुटवल — बुटवलमा सम्पन्न नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माविले जितेको छ । मंगलबार सम्पन्न अन्तिम दिनको खेलमा कालिकाले १३ स्वर्ण, १० रजत ५ कास्य पदक जित्दै लगातार उपाधि हात पारेको हो ।

प्रतियोगितामा सहभागी न्यु होराईजन इङ्गलिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत ४ कास्य पदक जित्दै दोस्रो र गार्गी एकेडेमीले ६ स्वर्ण, ७ रजत र ७ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधि विजेताहरूलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले पुरस्कार तथा मेडल वितरण गरेका थिए । 

प्रतियोगितामा उपाधि विजेता कालिका मानवज्ञानले नगद २० हजार रुपैयाँसहित, रनिङ शिल्ड, कप, मेडल, प्रमाणपत्र, दोस्रो हुने न्यु होराइजन माविले नगद १५ हजार तथा तृतीय हुने गार्गी एकेडेमीले नगद १० हजार, कप मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।

प्रतियोगितामा नगरका सामुदायिक तथा निजी गरी ४२ वटा विद्यालयबाट १ हजार ५ सय ८८ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully