आठवर्षे शुभाङ्गको जित

८ वर्षे शुभाङ्ग क्लासिकल, र्‍यापिड र ब्लिट्ज गरी चेसका तीनै विधामा फिडे रेटिङ प्राप्त गरेका कान्छो खेलाडी हुन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Eight years of Shubhang victory

काठमाडौँ — रातो बंगलाका शुभाङ्ग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसमा लगातार दोस्रो जित निकालेका छन् ।

उनले सोमबार अभिक रेग्मीलाई हराए । ८ वर्षे शुभाङ्ग क्लासिकल, र्‍यापिड र ब्लिट्ज गरी चेसका तीनै विधामा फिडे रेटिङ प्राप्त गरेका कान्छो खेलाडी हुन् ।

१४९१ रेटेड उनले सिद्धार्थ वनस्थलीका अभिकविरुद्ध जित निकाले । उनीसहित शीर्ष वरीयताका अभिक शाह, सजल न्यौपाने, सात्विकमान तुलाधर, हार्दिक पन्त, लियोन महर्जन र निहाना श्रेष्ठ पनि विजयी भएका छन् ।

उनीहरूले लगातार दुई खेल जितेका छन् । सबैले ६–६ अंक बनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully