एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश जारी

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Patan High Court issues short-term interim order to halt ANFA election process

काठमाडौँ — उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो । उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो । 

‘…मिति २०८२।१०।६ गतेको अन्तरिम आदेश छलफलको लागि पेसी तोकी सोको सूचना निवेदक र विपक्षीहरूलाई दिई सो अवधिसम्मको लागि मिति २०८२।९।२१ मा  प्रकाशित सूचना बमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचनसम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा लेखिएको छ ।

कान्तिपुर

Link copied successfully