तीनपोखरी कप: चुलाचुली सेमिफाइनल प्रवेश

प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुस २७, २०८२

दीपेन्द्र शाक्य

Teenpokhari Cup: Chulachuli enters semi-finals

संखुवासभा — संखुवासभाको खाँदबारीमा जारी तेस्रो संस्करणको तीनपोखरी कप फुटबल प्रतियोगिता अन्तर्गत चुलाचुली स्पोर्टिङ क्लब झापा सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार खाँदबारी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चुलाचुलीले घरेलु टिम खाँदबारी युथ क्लबलाई १–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। चुलाचुलीका लागि निर्णायक गोल प्रमोद दर्जीले पहिलो हाफको २५औँ मिनेटमा गरेका थिए।

आइतबार सम्पन्न अर्को खेलमा सेकाहा सामुदायिक क्लब संखुवासभाले बेलका स्पोर्टिङ क्लब उदयपुरलाई ३–० को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सेकाहाका तर्फबाट खेलको ५औँ मिनेटमै कृष्ण राईले अग्रता दिलाएका थिए। त्यसपछि ध्रुव सुब्बाले ८औँ र १५औँ मिनेटमा दुई गोल थप्दै टिमको जित सुनिश्चित गरे।

प्रतियोगितामा संखुवासभासहित पूर्वी नेपालका आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

आयोजक तीनपोखरी क्लब का अनुसार प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने छ।

दीपेन्द्र

Link copied successfully