च्यालेन्जर्स चेसमा सूर्यप्रताप पराजित

हिमालयन च्यालेन्जर्समा २८ स्कुल र कलेजका २४ पुरुष र ६ महिला खेलाडी सहभागी छन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Surya Pratap defeated in Challengers Chess

काठमाडौँ — हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता आइतबार सुरु भएको छ ।

एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप कार्कीलाई पराजित गर्दै १ अंक जोडे ।

सजल न्यौपाने, हार्दिक पन्त, लियोन महर्जन, अनमोल राई, निहाना श्रेष्ठ, शुभाङ्ग प्रधान, अरिज राई, आशीर्वाद थापा, अभिक रेग्मी, प्रवीर केसी, विराज सरिया, सात्विकमान तुलाधर, उजिभानी काडेल र रोहित श्रेष्ठले पनि जित हात पारे ।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो । स्वीस प्रणालीको आधारमा ९ चरणको प्रतियोगिता ९ दिन चल्नेछ, जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।

हिमालयन च्यालेन्जर्समा २८ स्कुल र कलेजका २४ पुरुष र ६ महिला खेलाडी सहभागी छन् । खेलाडीको औसत उमेर १३ वर्ष रहेको छ । रेटेड खेलाडी १४ र अनरेटेड १६ जना छन् ।

कान्तिपुर

Link copied successfully