केएमसी कप बास्केटबल सुरु

घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ स्कोरले पराजित गर्‍यो । केएमसीकी आकृशा घिमिरेले २० स्कोर जोडिन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

KMC Coop Basketball begins

काठमाडौँ — आयोजक केएमसी स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा विजयी सुरुआत गरेको छ ।

घरेलु कोर्टमा केएमसीले गोल्डेन फ्लावरलाई ३२–१८ स्कोरले पराजित गर्‍यो । केएमसीकी आकृशा घिमिरेले २० स्कोर जोडिन् ।

गर्ल्समै चेल्सीले बालदीक्षा सदनलाई ४३–२० र मानाङ्क चिल्ड्रेनलाई ३७–२० स्कोरले हरायो । फरक खेलमा चेल्सीका लाजेन शेर्पाले १८ र चेल्सीकी परम्बा पन्तले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा बालदीक्षाले आयोजक केएमसी ‘ए’ लाई ३६–१९ र माइलस्टोनले नेपाल सेन्ट्रललाई २७–२० ले हराए । बालदीक्षाका सयल महर्जनले १९ र माइलस्टोनका विपिन ओलीले ११ स्कोर जोडे ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी –ईबीए) ले हिमालीलाई २७–१६, ग्रिनफिल्डले मानाङ्कलाई २०–१२, ग्रिन लन्सले ह्वाइटफिल्डलाई ३१–१६ र सनसाइनले नेपाल सेन्ट्रललाई २२–१० ले पाखा लगाए । ईबीएका दिग्विजय पुरीले ९, ग्रिनफिल्डका किस्मत ढकालले १०, ग्रिन लन्सका उज्ज्वल पोख्रेलले १४ र सनसाइनका माणिक भण्डारीले १७ स्कोर गरे ।

प्रतियोगिताको बास्केटबलका पूर्व खेलाडी माया स्याङ्तान, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले उद्घाटन गरे । माघ ३ सम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा १२–१२ तथा सिनियर गर्ल्समा ८ टिम प्रतिस्पर्धी छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully