राष्ट्रिय लिग फुटबलमा कर्णालीको पहिलो टोली काँक्रेविहार क्लब सहभागी हुँदै

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ सहित एन्फा प्रेसिडेन्ट लिगबाट आएका ४ गरी १७ टोली सहभागी हुनेछन्।

पुस २७, २०८२

ज्योति कटुवाल

Karnali's first team, Kankre Bihar Club, is participating in the National Football League.

सुर्खेत — काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा कर्णाली प्रदेशबाट काँक्रेविहार क्लब सुर्खेत सहभागिता हुने भएको छ।

यही पुस ३० गतेदेखि संचालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाललगायत जनप्रतिनिधिले विदाइ गरेका छन्।

प्रतियोगिताको उद्‍घाटन खेलमा पुस ३० गते काँक्रेविहार युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुनेछ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसहित एन्फा प्रेसिडेन्ट लिगबाट आएका ४ टोली गरी कुल १७ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था समेत गरिएको छ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले काँक्रेविहार क्लबले कर्णालीको खेल इतिहासमा नयाँ अध्याय सुरु गरेको बताए। 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully