तार्केश्वर नगरपालिकाको गोलढुंगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले हरायो ।
काठमाडौँ — हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि शनिबार जितेको छ ।
तार्केश्वर नगरपालिकाको गोलढुंगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले हरायो । न्यु एरा एकेडेमी र प्रगति मावि तेस्रो भए ।
सिनियर ब्वाइज फुटसलमा क्वाटरफाइनल समीकरण तयार भएको छ । सेक्रेड हार्टले मनास्लु, न्यु एराले सिर्जना ज्ञान सागर, एन्जल्स हार्टले सेब र प्रगतिले न्युटनविरुद्ध खेल्नेछन् ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज भलिबलमा न्युटन, सेक्रेड हार्ट, हिमरश्मि र सेब सेमिफाइनलका पुगेका छन् । सिनियर ब्वाइज फुटसल र ब्वाइज भलिबल शेषमतिस्थित सेक्रेड हार्टमा भइरहेको छ ।
दुवैको फाइनल आइतबार हुने ओप्सका ईसीए विभाग प्रमुख राजेश रायमाझीले जनाएका छन् । एथलेटिक्स र ब्याडमिन्टनको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । एथलेटिक्समा कौशल र ब्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए ।
