गढीमाई प्रिमियर लिगको उद्घाटन खेलमा जेनजी अफ विजयी

माघ १० गतेसम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

पुस २६, २०८२

शंकर आचार्य

Genji Off wins in the opening match of the Gadhimai Premier League

पर्सा — शनिबारदेखि वीरगन्जको हरपतगन्जमा सुरु भएको दोस्रो गढीमाई प्रिमियर लिग टी/२० क्रिकेट प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा जेनजी अफ नेपालले विजयी सुरुवात गरेको छ । ताम्बश्री नेपाललाई आठ विकेटले पराजित गर्दै उसले विजयी सुरुवात गरेको हो ।

जेनजी अफ नेपालले टस जितेर ताम्बश्रीलाई व्याटिङको निम्तो दिएकामा उसले पूरै ओभर खेलेर आठ विकेटको क्षतिमा १ सय ५० रनको सम्मानजनक योगफल तयार गरेको थियो । जवाफमा जेनजी अफ नेपालले १९ दशमलव ३ ओभरमा विजयी लक्ष्य भेट्टायो ।

जेनजीका लागि अन्जन यादवले सर्वाधिक ८५ रनको योगदान गरे । उनी 'म्यान अफ द म्याच' पनि घोषित भए ।  यसअघि सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले प्रतियोगिताको उद्घाटन गरेका थिए । माघ १० गतेसम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।  

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully