एनकेएल  ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि

दशरथ रंगशालास्थित कभर्ड हलमा एनकेएल प्लेयर ट्रायल्स हुने भएको हो ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

NKL 'Player Trials' from Sunday

काठमाडौँ — केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनका लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि हुने भएको छ । 

दशरथ रंगशालास्थित कभर्ड हलमा एनकेएल प्लेयर ट्रायल्स हुने भएको हो । एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनका लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय ८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागी हुनेछन् । 

प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ । र, ड्राफ्टमार्फत् ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।

एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । 

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष आयोजना गरिएको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । दोस्रो सिजनको तयारीलाई तीव्रता दिएको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully