हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने

नौ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुनेछ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Himalayan Challengers Classical Chess Tournament to be held

काठमाडौँ — हिमालयन चेस एकेडेमीले हिमालयन च्यालेन्जर्स यू १८ फिडे रेटिङ चेस प्रतियोगिता आयोजना गर्ने भएको छ । उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल चेसमा छनोट गरिएका प्रतिभावान् २४ खेलाडीले आइतबारदेखि नौ दिन प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं जिल्ला चेस संघसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘नेपालमा २५ मिनेटसम्म खेल्ने र्यापिड र ब्लिजका प्रतियोगिता अत्याधिक हुने गरेको छ । तर, खेलाडी उत्पादन र स्तर मापनका लागि महत्वपूर्ण मानिएको क्लासिकल चेसको प्रतियोगिता विरलै आयोजना गरिन्छ । त्यसैले हामी वास्ताविक चेसको रुपममा लिइने क्लासिकल प्रतियोगिता आयोजना गर्दै युवा खेलाडीको स्तरोन्नति गर्न चाहन्छौं ।’

थापाथलीमा रहेको एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन गरिनेछ । नौ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुनेछ । प्रत्येक खेलाडीले ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय पाउनेछन् । खेलाडीलाई प्रत्येक जितमा १ हजार र बराबरीमा ४ सय रुपैयाँ पुरस्कार दिइनेछ ।

कान्तिपुर

Link copied successfully