प्रथम लालबन्दी मेयर गोल्डकप माघमा हुने

गोल्डकप माघ १६ गतेबाट लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नवलपुर फुटबल रंगशालामा हुने आयोजकले जनाएका छन् ।

पुस २३, २०८२

ओमप्रकाश ठाकुर

The first Lalbandi Mayor Gold Cup will be held in Magh.

सर्लाही — सर्लाहीको लालबन्दीमा प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिता २०८२ सुरु हुने भएको छ । गोल्डकप माघ १६ गतेबाट नवलपुरमा हुने आयोजकले जनाएका छन् ।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नवलपुर फुटबल रंगशालामा आयोजना हुने प्रतियोगितामा मधेश प्रदेशका ८ तथा बाग्मती प्रदेशका २ र कोशी प्रदेशका २ टिम गरी १२ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

बुधबार खेलकुद मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक जीवेश्वर युवा क्लबका अध्यक्ष दिपबहादुर बुढाथोकीले मधेश प्रदेशका ८ टिमसहित गाईघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको सहभागिता रहने जानकारी दिए । 

प्रतियोगिताका विजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र र उपविजेतालाई नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाबाट खेलाडीको उत्पादन र पचिहानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जीवेश्वर युवा क्लबले जनाएको छ । २४ लाखभन्दा बढीको लागतमा हुने प्रतियोगिताका लागि लालबन्दी नगरपालिकाले ७ लाख र वडा नं. १ नवलपुरले ५ लाख सहयोग गरेको अध्यक्ष बुढाथोकीले बताए । 

ओमप्रकाश ठाकुर

Link copied successfully