भारतको नयाँदिल्लीमा भएको पहिलो खो खो विश्वकपमा पुरुष र महिला दुवै टिम रजत पदक जित्दै उपविजेता बनेको थियो ।
पोखरा — खो खो पुरुष र महिला टिम बुधबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड ०८१ मा ‘टिम अफ द इयर’ घोषित भएको छ ।
पोखरा सभागृहमा सुरु भएको कार्यक्रमको पहिलो अवार्ड खो खो पुरुष र महिला टिमको नाममा गएको हो । भारतको नयाँदिल्लीमा भएको पहिलो खो खो विश्वकपमा पुरुष र महिला दुवै टिम रजत पदक जित्दै उपविजेता बनेको थियो ।
नेपालको कुनै पनि टिम गेमले उपविजेता बनेको खो खो नै पहिलो रहेको थियो । महिला टिमले त्यस विश्वकपमा समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई हराएको थियो । त्यसपछि क्वाटरफाइनलमा इरान र सेमिफाइनलमा युगान्डालाई हराएको थियो ।
पुरुष टिमले समूह चरणमा पेरु, ब्राजिल र भुटानलाई हराएको थियो । यस्तै क्वाटरफाइनलमा बंगलादेश र सेमिफाइनलमा इरानलाई पराजित गरेको थियो ।
दुवै टिम फाइनलमा भारतविरुद्ध पराजित भएको थियो ।
