आइभरीकोस्ट सजिलै क्वाटरफाइनलमा

यस नतिजासँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Ivory Coast easily advances to quarterfinals

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन आइभरीकोस्टले मंगलबार बुरकानो बासोलाई सजिलै ३–० ले पराजित गर्दै अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनल यात्रा तय गरेको छ ।

यस नतिजासँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ । त्यसमा अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरेले गोल गरे ।

यस अगाडि अल्जेरियाले डीआर कंगोलाई १–० ले पराजित गरेको थियो । अतिरिक्त समय पुगेको त्यस खेलमा बोउलबिनाले एक मात्र निर्णायक गोल गरे ।

अब आइभरीकोस्टले इजिप्टको सामना गर्नेछ । अन्य खेलमा मालीले सेनेगल, क्यामरुनले मोरक्को र अल्जेरियाले नाइजेरिया भिड्ने छन् । अब क्वाटरफाइनल खेल बिहीबार सुरु हुनेछन् ।

कान्तिपुर

Link copied successfully