हिमालले जिते ‘पिपुल्स च्वाइस अवार्ड’

भलिबलका हिमाल सुनारीले कुल मतको ४०.१ प्रतिशत मत पाएका थिए ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Himal wins 'People's Choice Award'

पोखरा — भलिबलका हिमाल सुनारीले बुधबार एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ को ‘पिपुल्स च्वाइस अवार्ड’ जितेका छन् । उनले कुल मतको ४०.१ प्रतिशत मत पाएका थिए ।

त्यस अवार्डको मनोनयनमा पर्ने खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापागमर, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका थिए ।

हिमाल गण्डकी क्षेत्रका प्रभावशाली र चर्चित खेलाडी हुन् । गण्डकीले मुख्यमन्त्रीकप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा उनी टिमका मुख्य खेलाडी थिए । यस्तै, उनी तेस्रो संस्करणको टाइगर कपमा बेस्ट सर्भर घोषित भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully