ममतालाई स्वर्ण

ममतासिंह राजभण्डारीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी हुन् ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Gold for Mamata

काठमाडौँ — वडा ५ की ममतासिंह राजभण्डारी सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी छन् ।

ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको फाइनलमा ममताले वडा ११ की सरिला शाक्यलाई ४–११, ११–७, १२–१०, १०–१२ र ११–९ को सेटमा पराजित गरिन् ।

भेट्रान पुरुष टिममा वडा १६ ले वडा २० लाई ३–२ ले हराउँदै पहिलो भयो । पाँच सिंगल्सको खेलमा वडा १६ ले ३ सिंगल्सको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरेको हो । वडा १६ का राजु शाक्यले २ तथा राजेन्द्र श्रेष्ठले १ सिंगल्स जिते । वडा २० का राजीव महर्जन र सञ्जय शाक्यले १–१ सिंगल्समा जित हात पारे ।

कान्तिपुर

Link copied successfully