इजिप्ट र नाइजेरिया क्वाटरफाइनलमा

भिक्टर ओसमनको दुई गोलको मदतले नाइजेरियाले मोजाम्बिकलाई सजिलै ४–० हराएर अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Egypt and Nigeria in the quarterfinals

काठमाडौँ — मोहमद सलाहले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मदतले इजिप्टले अफ्रिकी कप अफ नेसन्समा सोमबार बेनिनलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइलन यात्रा तय गरेको छ ।

निर्धारित समयको खेल बराबरीमा टुंगेपछि इजिप्टका लागि यासिर इब्राहिमले गोल गर्दै अग्रता दिलाएका थिए । भिक्टर ओसमनको दुई गोलको मदतले नाइजेरियाले मोजाम्बिकलाई सजिलै ४–० हराएर अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम रहेको छ र उसले कीर्तिमान सात पल्ट उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन् ।

मोजाम्बिक भने प्रतियोगिताकै इतिहासमा पहिलो पटक नकआउट चरणको अनुभव बटुलेर घर फर्किनेछ । अहिलेसम्म माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को पनि अन्तिम आठमा पुगिसकेको छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully