अब बुधबार बर्नलीविरुद्ध हुने खेलमा युनाइटेड डरेन फ्लेट्चरले सम्हाल्ने छन् ।
काठमाडौँ — इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सोमबार आफ्ना प्रशिक्षक रुबेन एमोरिमलाई बर्खास्त गरेको छ ।
अब बुधबार बर्नलीविरुद्ध हुने खेलमा युनाइटेड डरेन फ्लेट्चरले सम्हाल्ने छन् ।
एमोरिमले शुक्रबार मात्रै युनाइटेडको व्यवस्थापनसँग आफ्नो सम्बन्ध चिसिएको बताएका थिए । यसै क्रममा आइतबारको खेलमा युनाइटेडले लिड्स युनाइडेटसँग १–१ को बराबरी खेलेको थियो ।
त्यस खेलपछि एमोरिमले १८ महिनापछि आफ्नो अनुबन्ध सकिँदा क्लब छाड्न तयार भएको बताएका थिए । त्यसको २४ घन्टा नबित्दै युनाइटेडले पोर्चुगाली प्रशिक्षकलाई बर्खास्त गरेको घोषणा गरेको थियो ।
उनले युनाइटेड आएयता १४ महिना मात्र टिम सम्हाल्न पाए । अहिले युनाइटेड २० खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ ।
