कोशीविरुद्ध पुलिसको सजिलो जित

अब आर्मीको सेमिफाइनलमा भेट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग हुनेछ । रुकुमले विभागीय टोली एपीएफ क्लबलाई स्तब्ध पारेको थियो ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Police's easy victory against Koshi

काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित रुकुम पश्चिम र हेल्प नेपाल बिहीबार नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेका छन् । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको दिनको अन्तिम तथा चौथो क्वाटरफाइनलमा आर्मीले खिल्जी युवा क्लबलाई २५–१८, २५–१७, २५–१५ को सोझो सेटमा हराएर अगाडिको यात्रा बढाएको थियो । 

अब आर्मीको सेमिफाइनलमा भेट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग हुनेछ । रुकुमले विभागीय टोली एपीएफ क्लबलाई स्तब्ध पारेको थियो । रुकुमले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पारेपछि सेमिफाइनलमा स्थान बनाएको थियो । रुकुमले २२–२५, २५–२०, २५–१६, २५–२० ले एपीएफलाई पछाडि पारेको हो ।

त्यसअघि क्वाटरफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्बलले जित निकालेका थिए । सेमिफाइनलमा यी दुई टोली नै भिड्ने छन् । हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई २५–१३, २५–१३, २५–१८ को सोझो सेटमा हराएको थियो । पुलिसले पनि कोशी प्रदेश भलिबल संघमाथि सोझो सेटमा नतिजा निकाल्यो । पुलिसले २५–१९, २५–१७, २५–१८ ले सेट आफ्नो पक्षमा पारेको थियो । 

महिलातर्फ टिपटप न्यु डायमन्ड र नेपाला एपीएफ क्लब तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully