पछिल्लो समय नेपालमा स्केटिङ लोकप्रिय खेलका रुपमा विकास र विस्तार भइरहेको छ ।
काठमाडौँ — च्यासलमा रहेको नेपाल स्पोर्ट्स सेन्टरमा बिहीबारदेखि स्केट हब सुरु भएको छ ।
पछिल्लो समय नेपालमा स्केटिङ लोकप्रिय खेलका रुपमा विकास र विस्तार भइरहेको छ । काठमाडौं उपत्यकामै मात्र पनि ५० भन्दा बढी स्केट सेन्टर छन् । पछिल्लो टोकियो र पेरिस ओलम्पिकमा स्केट बोर्डिङ समावेश गरिएको छ ।
नेपाल स्पोर्ट्स सेन्टर नेपाली फुटबलका पूर्वखेलाडी राजुकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ र दिनेश व्यञ्जनकारले १० वर्षयता सञ्चालन गरिरहेका छन् । सन् २०२६ को नयाँ वर्षको अवसरमा स्केट हब पनि सुरु गरिएको हो ।
