लक्ष्मीटारमा भएको फाइनल खेलमा आयोजकलाई ३–० ले हराउँदै साथीभाईले उपाधि जितेको हो ।
ताप्लेजुङ — तमु ल्होसार २०८२ को अवसरमा सदरमुकाम फुङलिङमा आयोजित स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि साथीभाई सामाजिक युवा क्लब फुङ्लिङले जितेको छ ।
लक्ष्मीटारमा भएको फाइनल खेलमा आयोजकलाई ३–० ले हराउँदै साथीभाईले उपाधि जितेको हो । उपाधि विजेता साथीभाईले १ लाख १५ हजार रुपैयाँसहित ट्रफी मेडल हात पारेको छ भने उपविजेता आयोजकले ५५ हजार रुपैयाँमा चित्त बुझायो ।
आयोजकको तर्फबाट हितेन लिम्बूले एक र न्यूसन लिम्बुले दुई गोल गरे । पहिलो हाफमा १ - ० को अग्रता बनाएको आयोजकले दोस्रो हाफमा तेब्बर गोल गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका सबिन तामाङ भए भने सर्वाधिक गोलकर्ता साथीभाईका पवन नयोङ्हाङ, उत्कृष्ठ गोल रक्षक साथीभाइकै सोहन नयोङ्हाङ, उत्कृष्ट डिफेन्डर साथीभाईका दिपेश लिम्बू बने ।
विजेता उपविजेता तथा विधागत पुरस्कार विजेतालाई फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।
