राहुलले प्रो गल्फर जयराम श्रेष्ठलाई पारेका हुन् । राहुलले बुधबार १ ओभर ७३ को स्कोर बनाउादा समग्रमा १० अन्डर २ सय ६ स्कोर बनाए ।
What you should know
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि ५ स्ट्रोकको अग्रता लिएका छन् ।
राहुलले प्रो गल्फर जयराम श्रेष्ठलाई पारेका हुन् । राहुलले बुधबार १ ओभर ७३ को स्कोर बनाउादा समग्रमा १० अन्डर २ सय ६ स्कोर बनाए । जयराम् बुधबार ४ अन्डर ६८ को स्कोर निकाल्दा समग्रमा ५ अन्डर २ सय ११ स्कोर बनाउादै दोस्रो स्थानमा उक्लन सफल रहे । भुवनकुमार रोक्काले ४ ओभर ७६ मा खेल टुंग्याए । उनी समग्रमा इभन पार ७२ सहित तेस्रो स्थानमा झरे ।
समग्रमा २ ओभर २ सय १८ सहित तोरणविक्रम शाही, शुक्रबहादुर राई र दिनेश प्रजापति संयुक्त रूपमा चौथो स्थानमा छन् । तोरणले दिनकै उत्कृष्ट ६ अन्डर ६६ को कार्ड बनाए । यो स्कोरमा तोरण १० स्थान माथि उक्लिए । शुक्र र दिनेशले इभन पार ७२ मा तेस्रो दिन पूरा खेले ।
नेपाल नम्बर एक प्रो खेलाडी नीरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्त सातौं स्थानमा रहे । उनीहरूले समग्रमा ६ ओभर २ सय २२ स्कोर बनाए । रुबेन र नीरजले ४ ओभर ७६ को स्कोर गर्दा भुवनले ५ ओभर ७७ को खराब प्रदर्शन गरे ।
प्रदीपकुमार लामा र एमेच्योर साम डोबलार्ड समग्रमा ७ ओभर २ सय २३ सहित संयुक्त दसौं स्थानमा छन् । प्रदीपले २ ओभर ७४ र सामले १ ओभर ७३ को स्कोर निकाले ।
लगातार तेस्रो दिन शीर्षस्थानमा रहेका राहुलले बुधबार फ्रन्टनाइन इभन पार ३६ मा सकाउने क्रममा पहिलो, पााचौं र सातौं होलमा बर्डी प्रहार गरे । तर छैटौं होलमा बोगी र ३ पारको आठौं होलमा डबल बोगीको समना गरे । १४ औं होलको बोगीले ब्याकनाइन १ ओभर ३७ मा सके ।
जयरामले दोस्रो होलको बोगीविरुद्ध पहिलो, चौथो र सातौं होलमा तीन बर्डी प्रहार गर्दै फ्रन्टनाइनमा २ अन्डर ३४ खेले । यसपछि १२, १३ र १७ औं होलमा एक–एक सट बचाए । १४ औं होलको बोगीले ब्याकनाइनमा पनि २ अन्डर ३४ मा पूरा गरे ।
भुवनले पााचौं होलमा बर्डी प्रहार गरे पनि छैटौं र आठौं होलको बोगीले फ्रन्टनाइन १ ओभर ३७ खेले । ब्याकनाइनमा झनै खराब प्रदर्शन गर्न पुगे । १२ औं होलमा इगलको सफलता प्राप्त गरे। तर यसपछि १४ औं होलमा डबल बोगी तथा १३, १६ र १८ औं होलमा पनि एक एक शट खेर फाले । ब्याक नाइन ३ ओभर ३ मा सके ।
