अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) बाट यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएकामा दावालाई सम्मान गरिएको हो ।
काठमाडौँ — रसुवाको कालिका गाउँपालिकाले अल्ट्रा/ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरेको छ ।
अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) बाट यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएकामा दावालाई सम्मान गरिएको हो ।
दावा १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा पूरा गरी छनोट भएका थिए । दावा कालिका गाउँपालिका–१ का वडा अध्यक्ष पनि हुन् ।
‘तपाईंले खेल क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै गाउँपालिका र देशको प्रतिष्ठा बढाउने कार्य गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै आगामी दिनमा उज्ज्वल भविष्यको कामनाका साथ खेल क्षेत्रमा थप सक्रियता र सहयोगको अपेक्षा राख्दछौं,’ दावालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
दावा आफ्नो व्यवसाय र खेल क्षेत्रमा २० वर्षदेखि सक्रिय छन् । वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको थियो ।
गाउँपालिकाको १८ औं अधिवेशनका क्रममा सम्मानित उनलाई कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मीरा तामाङलगायतले सम्मानपत्र प्रदान गरे ।
