टेनिसकी अभिलाषा मुख्य ‘ड्र’ मा

प्रतियोगिताको कुल पुरस्कार राशि २५ हजार अमेरिकी डलर रहेको छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Tennis ambitions in the main draw

काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लूटीए डब्लू ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन् ।

छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरी मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघले जनाएको छ ।

संघका सचिव अजय विष्टका अनुसार केन्याको नैरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ सम्म चल्नेछ । प्रतियोगिताको कुल पुरस्कार राशि २५ हजार अमेरिकी डलर रहेको छ ।

कान्तिपुर

Link copied successfully