तानसेन नगरपालिका, जिल्ला क्रिकेट संघ, खेलाडी, होटल व्यवसायीलगायतले लुम्बिनी लायन्सलाई स्वागत गरेका हुन् ।
पाल्पा — एनपीएल ट्रफीसहित तानसेन आएको लुम्बिनी लायन्सको टोलीलाई भव्य स्वागत गरिएको छ । तानसेन नगरपालिका, जिल्ला क्रिकेट संघ, खेलाडी, होटल व्यवसायीलगायतले लुम्बिनी लायन्सलाई स्वागत गरेका हुन् ।
आइतबार बेलुकी गुल्मीका विभिन्न स्थान हुँदै रिडी भएर तानसेन आइपुगेको टोलीलाई बेलुकी नै होटल पौवामा खेलाडी तथा होटल सञ्चालकले भव्य स्वागत गरे । सोमबार बिहान ऐतिहासिक तथा धार्मिक रणउजीरेश्वरी भगवती मन्दिरमा प्रदर्शन गरिएको छ । मन्दिरमा खेलाडीका साथै सर्वसाधारण, विद्यार्थीले स्वागत गर्दै ट्रफीसँगै फोटो खिचाए ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका ज्ञवाली गैरेलगायतले बधाई दिँदै आगामी वर्ष पनि पुनः खेल जित्न शुभकामना दिए । पाल्पा दरबार परिसरमा पनि ट्रफी हेर्न, फोटो खिच्न भीड लागेको थियो । पाल्पा दरबार संग्रहालय परिसरमा सर्वसाधारणहरु ट्रफी हेर्न पुगेका हुन् । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सका टोलीलाई जिल्ला क्रिकेट संघ, तानसेन नगरपालिका लगायतबाट सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सदरमुकामसाथै ग्रामीण बस्तीमा समेत 'सेलिब्रेसन' गर्दै पाल्पा आएका हुन् । लुम्बिनी लायन्सको यो ट्रफी सेलिब्रेसनले किक्रेट क्रेजलाई थप वृद्धि गरेको अनुभव क्रिकेटका अगुवा तथा जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
सबै जिल्लामा स्थानीय बासिन्दा, खेलाडी, नागरिक समाज, जनप्रतिनिधिलगायत सबैको माया पाउादा निकै उत्साहितसमेत बनाएको सेलिब्रेसन टुरमा सहभागीले बताएका छन् । बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुमपश्चिम, प्यूठान, अर्घाखाँची, गुल्मी हुँदै पाल्पा आएको लुम्बिनी लायन्सले तानसेन, बर्तुङ, सिद्धबाबा, बुटवल हुँदै पश्चिम नवलपरासी र रुपन्देहीको मायादेवी लुम्बिनीको यात्रा तय गर्ने फ्रेन्चाइज म्यानेजर गौरव फुँयालले बताए ।
![Lumbini Lions at the stadium with the NPL trophy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-tropphy-palpa-16-29122025095117-1000x0.jpg&w=1001&h=0)
![Lumbini Lions at the stadium with the NPL trophy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-tropphy-palpa-15-29122025095110-1000x0.jpg&w=1001&h=0)
![Lumbini Lions at the stadium with the NPL trophy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-tropphy-palpa-13-29122025095104-1000x0.jpg&w=1001&h=0)
![Lumbini Lions at the stadium with the NPL trophy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-tropphy-palpa-11-29122025095051-1000x0.jpg&w=1001&h=0)
![Lumbini Lions at the stadium with the NPL trophy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-tropphy-palpa-10-29122025095044-1000x0.jpg&w=1001&h=0)