एनपीएलको कुल बाउन्ड्री बराबर करिब ५ हजार कफीका बिरुवा रोपिने

एनपीएलको एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट कलेजले एक छक्का बराबर ६ र एक चौका बराबर ४ वटा कफीका बिरुवा रोप्ने भएको हो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Approximately 5,000 coffee plants will be planted across the entire boundary of NPL.

काठमाडौँ — प्रेसिडेन्सियल ग्राजुएट कलेजले एनपीएल (नेपाल प्रिमियर लिग) को कुल बाउन्ड्री बराबर करिब ५ हजार कफीका बिरुवा रोप्ने भएको छ ।

एक छक्का बराबर ६ र एक चौका बराबर ४ वटा कफीका बिरुवा रोप्ने कलेजले यसअघि नै घोषणा गरको थियो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार २०८२ को एनपीएलमा ४२७ छक्का र ६०७ चौका प्रहार भएको छ । सोहीअनुसार कलेजले छक्का बराबर २ हजार ५६२ र चौका बराबर २ हजार ४२८ गरी जम्मा ४ हजार ९९० वटा बीरुवा रोप्ने भएको हो । 

'कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,' कलेजका अध्यक्ष लक्ष्मण केसीले भने । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ ।

कलेजले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरीथरीका बिरुवा रोपेको थियो । त्यो समय हरेक चौकामा एक र छक्कामा दुईवटा बिरुवा रोपिने दर कायम गरिएको थियो । प्रेसिडेन्टियल 'एनपीएल २०८२' को एजुकेसन पार्टनर पनि हो ।

कान्तिपुर

Link copied successfully