यो सिजन सबै खाले प्रतियोगितामा घर बाहिर खेलका १२ खेलमध्ये न्युकासल दुई जित मात्र निकाल्न सफल रहेको छ ।
काठमाडौँ — प्याट्रिक डोरगुले क्लबका लागि गरेको पहिलो गोलको मदतले म्यानचेस्टर युनाइटेडले शुक्रबार न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यससँगै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
ओल्ड ट्रायफोर्डमा डेनिस अन्तर्राष्ट्रिय खेलाडी डोरगुले २४ औं मिनेटमा खेलको एक मात्र गोल गरे । हारले न्युकासलका लागि यो सिजन घर बाहिर खराव प्रदर्शनको क्रम कायम रह्यो ।
यो सिजन सबै खाले प्रतियोगितामा घर बाहिर खेलका १२ खेलमध्ये न्युकासल दुई जित मात्र निकाल्न सफल रहेको छ ।
दुई महिनायता घरमा प्राप्त जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ र यो चौथो स्थानमा रहेको चेल्सीसँग बराबरी हो । न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो ।
