आर्मीलाई ली–निङ बास्केटबल उपाधि

एचजेबीएलको दोस्रो संस्करण मार्चमा गर्ने तयारी रहेको संघका अध्यक्ष भीमसिंह गुरुङले जनाएका छन् ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Army wins Li-Ning basketball title

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले ली–निङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार नेपाल बास्केटबल संघ (नेबा) ले बौद्धस्थित डंकमान्डुमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ स्कोरले हराएको थियो ।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रूपमा रहेको प्रतियोगितामा १२ टोलीले भाग लिएका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो । आर्मी र सोलोसँगै सेमिफाइनल पुगेका रोयल स्पोर्ट्स सेन्ट्रल र प्ले बक्स एरिना दोस्रो सिजनको लिगलाई छनोट भए । छनोट चार टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साबिक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र कीर्तिपुरले दोस्रो संस्करणमा प्रतिस्पर्धा छन् ।

एचजेबीएलको दोस्रो संस्करण मार्चमा गर्ने तयारी रहेको संघका अध्यक्ष भीमसिंह गुरुङले जनाएका छन् । ‘यसअघि बास्केटबल लिग गर्‍यौं । यसपटक लिगका लागि छनोट नै गर्‍यौं । अब ८ टोलीले लिग खेल्नेछन्,’ अध्यक्ष गुरुङले भने, ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो ।’ विजेतालाई अध्यक्ष गुरुङलगायतले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully