महिलातर्फ साबिक विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
काठमाडौँ — नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिन शुक्रबार पुरुषतर्फ नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा टोली पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ (२५–२०, २५–१४, ३३–३५, २५–१४) को सेटमा हरायो ।
तीन पाकिस्तानी खेलाडीसहित उत्रिएको हेल्प नेपालले विभागीय टोली एपीएफ क्लबलाई सोझो सेटमा हरायो । एपीएफले २५–२१, २५–२०, २५–२० को सेटमा खेल जित्यो ।
त्यस्तै, महिलातर्फ साबिक विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई २५–१०, २५–६, २५–११ को सेटमा हरायो । अर्को खेलमा आर्मीले बुटवलको एभरेस्ट भलिबल क्लबमाथि २५–१६, २५–१४, २५–२३ को जित निकालेको थियो ।
