रोहितलाई जेको कार प्रदान

नेपाल प्रिमियर लिगको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ रोहित पौडेललाई ओमोडा र जेको कार प्रदान गरिएको हो ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Jay's car presented to Rohit

What you should know

काठमाडौँ — ओमोडा र जेकोले शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई कार प्रदान गरेको छ । रोहितको कप्तानीमा लुम्बिनी लायन्सले दुई साताअघि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको थियो ।

नेपाली खेलाडीतर्फ रोहित एनपीएलमा उत्कृष्ट खेलाडी भएका थिए । नेपालका लागि ओमोडा र जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपाल क्रिकेट संघ (क्यान) सँग एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने सम्झौता गरेको थियो । रोहितलाई ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बापत ओमोडा र जेको कार प्रदान गरिएको हो ।

सोही अवसरमा ओमाडा र जेकोल रोहितलाई ३ वर्षका लागि ‘ब्रान्ड एम्बासडर’ पनि बनाएको छ । रोहितले यसका लागि आफू साँच्चै सम्मानित महसुस भएको जनाए । उनलाई एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले स्वागत गरेका थिए । शारदाले नेपालका उत्कृष्ट खेलाडीहरुलाई ओमाडा र जेकोमा अनुबन्धित गर्दा गौरव महसुस भएको बताए । रोहितलाई जेको जे फाइभ इलेक्ट्रिक गाडी प्रदान गरिएको थियो । यसको बजार मुल्य ६० लाख रुपैयाँभन्दा माथि रहेको छ ।

Jay's car presented to Rohit

‘२ वर्षअघिसम्म कसैले क्रिकेट खेलाडीले कार पाउँछ भनेर भन्थ्यो भने मलाई विश्वास लाग्दैन्थ्यो । तर आज क्रिकेट खेलाडीले खेलेरै कार पाइरहेका छन्,’ शुक्रबार कार हस्तानतरण कार्यक्रममा रोहितले भने, ‘एनपीएलमा हामी लुम्बिनीले जसरी खेल्यौं, त्यो अविश्वस्नीय थियो । अंक तालिकामा पुछारमा रहेको अवस्थामा प्लेअफमै पुग्न गाह्रो हुँदा हामीले उपाधि नै जित्यौं । यसमा सबै खेलाडीको उत्तिकै योगदान छ ।’

Jay's car presented to Rohit

गत वर्ष एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले यो पुरस्कार पाएका थिए । अर्को वर्ष सुदूरपश्चिमलाई च्याम्पियन बनाउने लक्ष्य रहेको दीपेन्द्रले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully