सातौं डीआईजीपी कपको पहिलो खेलमा नेपाल पुलिसको शानदार जित

प्रतियोगिताअन्तर्गत दोस्रो खेल बिहीबार दिउँसो १ बजे निधि माध्यमिक विद्यालय, झापा र बाल्मीकि स्कुल मोरङबीच हुनेछ ।

पुस ९, २०८२

एलिना राई

Nepal Police's stunning victory in the first match of the 7th DIGP Cup

What you should know

धरान — सातौं संस्करणको डीआईजीपी कप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक टिम नेपाल पुलिस स्कुल विजयी भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा बुधबार सम्पन्न उद्घाटन खेलमा पुलिस स्कुलले भरौल बाल मन्दिर स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको हो।

खेलको १६ औं मिनेटमा पुलिसका समिर राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि २४औं मिनेटमा उज्वल थापाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमै दबाब कायम राखेको पुलिसले दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गर्‍यो ।

दोस्रो हाफको ८ औं र ११ औं मिनेटमा समिर राईले थप दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे। खेलको ३२ औं मिनेटमा निश्चल खड्काले पाँचौं गोल गर्दै पुलिसको जित सुनिश्चित गरे।

खेलमा तीन गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका समिर राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताअन्तर्गत दोस्रो खेल बिहीबार दिउँसो १ बजे निधि माध्यमिक विद्यालय, झापा र बाल्मीकि स्कुल मोरङबीच हुनेछ ।

कोशी प्रदेशका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

डीआईजीपी कप फुटबल प्रतियोगिता २०५८ सालदेखि सुरु भई २०६३ सालमा बन्द भएको थियो। लामो अन्तरालपछि पुनः सञ्चालनमा आएको यस प्रतियोगिताको छैटौं संस्करणसम्म धरानस्थित डिपोट स्कुलले चारपटक उपाधि जित्दै सर्वाधिक सफल टिमको कीर्तिमान बनाएको छ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully