नेपालले आइस स्केटिङमा सहभागिता जनाउँदै

भारतको देहरादुनस्थित महाराना प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिन्क सेन्टरमा पुस १२ देखि १४ सम्म सर्ट ट्रायक स्पिड आइस स्केटिङ हुन लागेको हो ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Nepal participating in ice skating

काठमाडौँ — नेपालले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

भारतको देहरादुनस्थित महाराना प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिन्क सेन्टरमा पुस १२ देखि १४ सम्म सर्ट ट्रायक स्पिड आइस स्केटिङ हुन लागेको हो ।

त्यसमा नेपालका तर्फबाट चार पुरुष र दुई महिला गरेर कुल छ खेलाडीले सहभागिता जनाउन लागेको हो । त्यसमा रमेश मोक्तान, अरुण खत्वे, जेभियरजंग थापा, सायोन अर्याल, परी गुरागाईं र अल्का घिमिरेले सहभगिता जनाउने नेपाल स्केटिङ तथा स्केट बोर्ड संघले बताएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच खेलाडीको बिदाइ गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully