प्यालेसलाई पेनाल्टीमा हराएर आर्सनल सेमिफाइनलमा

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि आर्सनल टाइब्रेकरमा ८–७ ले विजयी रहेको हो ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Arsenal beat Palace on penalties to reach semi-finals

काठमाडौँ — आर्सनलले मंगलबार पेनाल्टी सुटआउटमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै लिगकपको सेमिफाइनलल यात्रा तय गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि आर्सनल टाइब्रेकरमा ८–७ ले विजयी रहेको हो ।

विलियम सलिबाले आर्सनलका लागि आठौं प्रहारमा गोल गरेपछि गोलरक्षक केपा एरिजाबालागाले निर्णायक बचाउ गरे । इमिरेट्समा भएको खेलमा म्याकेन्स लाक्रोक्सको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो ।

त्यसपछि मार्क गुएहीले प्यालेसका लागि बराबरी गोल गरे । अब अन्तिम चारको खेलमा आर्सनलले चेल्सीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी र न्युकासल युनाइटेड भिड्ने छन् । सेमिफाइनल दुई लेगको खेलमा हुनेछ । 

कान्तिपुर

Link copied successfully